बैशाख १३, २०८१ बिहीबार

विधापिठमा युवा नेताको जन्मदिन

गोल्धाप । युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले आफ्नो जन्मदिन संस्कृत विधालयका विधार्थीसँग मनाएका छन् ।

हल्दिवारी – १ गोल्धापमा रहेको ओमकारेश्वर विधा पिठमा उनले ३१ औं जन्मोत्सव मनाएका हुन् । युवा संघका केन्द्रीय सदस्य भण्डारीले जन्मदिनमा रचनात्मक काम होस् भन्ने उद्देश्यले विधापिठमा आफ्नो जन्मदिन मनाएको जानकारी दिए ।

विधापिठमा संस्कृत अध्ययन गरिरहेका २५ जना विधार्थीका लागि भण्डारीले करिव १० हजार बरावरको खाद्य सामग्री उपलब्ध गराएका छन् । उनले चामल, दाल, चिउरा र तेल लगायतका सामग्री उपलब्ध गराएको बताए ।

खाद्यन्नको निश्चित स्रोत नभएको सो विधापिठलाई भर्खरै हल्दिवारी गाउँपालिकाले १ लाख नगद सहयोग गरेको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनले युवा नेताको सहयोगले बालबालिकालाई ठुलो राहत हुने बताए ।

प्रकाशित मिति : असार १५, २०७६ आईतबार  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]