बैशाख १३, २०८१ बिहीबार

हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

बुधबारे । नवोदित गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक भएको छ । ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आपैm तिरै पारेर गइ’ बोलको गजल गीतलाई हेमनले स्वरबद्ध गरि कभर गीतको रुपमा सार्वजनिक गरेका छन् ।

झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २, गलान गाऊँ निवासी हेमन नेपाली सानै देखि नै गीत गाउँदै आएका छन् । स्कुलमा आयोजना हुने साँस्कृतिक कार्यक्रम, देउसी भैलो, साथी सर्कल तथा विभिन्न इभेन्टमा उनले गीत गाउँदै आएका छन् । भर्खरै स्कुल जीवन पूरा गदै गरेका उनी क्लासिकल गीत समेत राम्रोसँग गाउँन सक्ने मीठो स्वरका धनी संगीत मै भबिष्य खोज्ने बताउँछन् ।

ओरिजिनल भर्सन राज सिग्देलको स्वर, पुरुषोत्तम ढुंगेलको शब्द र चण्डीप्रसाद काप्mलेको संगीत रहेको बिन्दबासिनी म्यूजिक प्रा.लि. युट्युब च्यानलबाट प्रशारित, प्रकाशित चर्चित गजल गीत ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आपैm तिरै पारेर गइ’ बोलको गजल गीतलाई हेमन नेपालीले कभर गरेका हुन् । उनको यो कभर गीत ‘बि क्रिएसन इन्टरनेशनल’ यूट्यूब च्यानलमा २६ जनवरी २०२१ मा अपलोड भएको छ ।

हेमनको प्रतिभा प्रस्फुटनका लागि कभर गीत सार्वजनिक गरिएको बि क्रियसन इन्टरनेशनल युट्युब च्यानलका प्रतिनिधि भुवन तामाङले बताएका छन् । युट्यूबमा u jiter gai ya heman nepali खोजेर उनको यो गीत सुन्न सकिन्छ ।

बुबा कुबेर, आमा देउकुमारी, भाई चेतन र बहिनी इन्दिराबाट आपूmलाई सांगीतिक क्षेत्रमा लाग्न निरन्तर हौसला मिलिरहेको गायक हेमनले बताएका छन् । चाँडै नै अर्को पनि गीत ल्याउने योजना रहेको गायक हेमनले बताएका छन् ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  ८ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]