बहुविवाह गर्ने ११ वर्षपछि पक्राउ
बिर्तामोड । बहुविवाह मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । प्रहरीले दमक १५ का ३८ वर्षीय बम बहादुर खवासलाई पक्राउ गरेको छ ।

दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका खवासलाई प्रहरीले बिहीवार नै झापा जिल्ला अदालत हाजिर गराएको छ । अदालतले फैसला कार्यान्वयनका लागि कारागार चलान गरेको छ । प्रहरीका अनुसार प्रतिवादीको पिसिआर रिपोट नेगेटिभ आएपछि कारागार पठाइनेछ ।