चैत्र १६, २०८० शुक्रबार

कनकाई सामुदायिक वनको साधारणसभामा सम्मान

सिएम शर्मा

कनकाई । कनकाई सामुदायिक वन उपभोक्ता समुहको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सामुदायिक वनको प्राङ्गणमा उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा समुहबाट सञ्चालन गरिने निती तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७७/७८ मा विभिन्न शिर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेत १ करोड ३५ लाख ९८ हजार ५ सय ५१ रुपैयाँ ९६ पैसा हुने अनुमान प्रस्तुत गरिएको छ ।

कार्यक्रममा समुहको आठौ समितिको कार्यकाल चलिरहँदा पूर्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै चौथो पूर्व कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । त्यसै गरि उत्कृष्ट कर्मचारीको रुपमा कार्यलय सहायक गोकर्ण पराजुलीलाई र संचार जगतबाट वन क्षेत्रमा पुर्याएको सहयोगको मुल्यांकन गर्दै सन्चारकर्मी मनोज बस्नेतलाई नगद र सम्मान पत्रबाट सम्मान गरिएको छ ।

कार्यक्रममा तिलरुपा न्यौपाने , बालुराम खरेल , पुर्ण प्रसाद खनाल , अडिमर्दन सुवेदी , हर्क बहादुर श्रेष्ठ , धनमाया प्रसाईं , कृतिमान थेवे , यसोदा भेटवाल , छविलाल कडेल , नरमाया गुरुङ्ग , इश्वरा उप्रेती , र डम्बर कुमारी कटुवाल लाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दन सहित कपडा र नगदबाट सम्मान गरिएको छ ।

उत्कृष्ट नतिजा तथा जेहन्दार बिद्यार्थी तर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरी किरण डागी , अंशु सिवाकोटी र अनुषा थापा लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरि फरक क्षमता भएका भगिश्वर इजम लिम्बू , तेज प्रसाद बास्तोला , निर्मला मण्डल र आइतमाया कुमाललाई पनि सम्मान गरिएको छ ।

‘वन संरक्षण गरौं, देशको वातावरण जोगाऔं’ भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हिरा थापा , विशेष अतिथि वेद प्रसाद भण्डारी , सम्मानित पूर्व अध्यक्ष कपिल मैनाली , राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका नगर सभापति नेत्र प्रसाद चिमरिया लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : माघ १७, २०७७ शनिबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]