चैत्र १५, २०८० बिहीबार

भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरी नियुक्त

झापा । सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरीलाई नियुक्ति गरेको छ । सदस्यमा राधा कृष्ण खनाल र मदन अधिकारीलाई नियुक्ति गरेको हो ।

सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।
७७ जिल्ला अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली छन् ।
आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डां.शिवमाया तुम्बाहाङ्फे बताइन् ।

आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिए ।

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]