बैशाख ७, २०८१ शुक्रबार

जलथल वनक्षेत्रका सिमसार संरक्षण गर्न आग्रह

जलथल । बिश्व सिमसार दिवसको अवसरमा सिमसार क्षेर संरक्षणमा मानव जातिको महत्त्वपूर्ण भुमिका हुने सरोकारवालाले बताएका छन् । जिल्ला समन्वय समिति झापाको आयोजनामा जलथल बन अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागीहरुलाई पाथीभरा कालिका सामुदायिक बनको अवलोकन गराइएको छ । अन्तरक्रियामा फरेष्ट एक्सनका लिलानाथ शर्माले सिमसार पुरिदै गएको बताएका छन् । उनले मानव गतिविधि र गलत बिकासका कारण सिमसार पुरिदै गएको बताए । बिकास र प्रकृति संरक्षणसगसगै अघि बढाउनु पर्ने शर्माको भनाइ छ । जलथल क्षेत्रका बनमा सिमसार नरहेको र रहेका पनि पानी सुकिसकेको शर्माले बताए । सिमसार संरक्षण नभए बन्यजन्तुको लोप हुने चिन्ता व्यक्त गरिएको छ । उनले सिमसार बनाएर बन्यजन्तुको संरक्षण गर्न जरुरी रहेको बताए । सामुदायिक बनका अध्यक्ष चिरञ्जीवी पौडेलले बन क्षेत्रमा सिमसार नहुदा समस्या बढ्दै गएको बताएका छन् । उनले बनभित्र पानी अभाव हुँदा बन्यजन्तुलाई बाच्नै समस्या भएको बताए । यस्तै, डढेलो लाग्दा बन्यजन्तु सुरक्षित हुन नसकेको पौडेलको भनाई छ । अध्यक्ष पौडेलले बनभित्र नाइकेलिया झारको कारण बन बिकासमा समस्या बढदै गएको बताए ।

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  १२ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]