बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडको हेवन पार्कमा ‘भ्यालेन्टाइन वीक फेस्टिवल’

विर्तामोड । हेवन वाटर पार्क बिर्तामोडले भ्यालेन्टाइनको अवसर पारेर ‘भ्यालेन्टाइन वीक फेस्टिवल’ गर्ने भएको छ । फेस्टिवलका लागि आवश्यक तयारी भइसकेको पार्कका सञ्चालक नेपालरत्न शिवाकोटीले जानकारी दिए ।

भ्यालेन्टाइनलाई विशेष बनाउँदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले फेब्रुअरी महिनाको १२,१३ र १४ तारिखका दिन बहुचर्चि राष्ट्रिय कलाकारहरुबाट सांगितीक कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले जानकारी दिए । प्रदेश १ मै पहिलो पटक आयोजना हुन लागेको प्रदेश कै ठुलो सांगितीक कार्यक्रममा संगितप्रेमीहरुलाई सहभागी भई मनोरञ्जन लिन आग्रह गरिएको छ ।

तीन दिने सांगितीक कार्यक्रममा पहिलो दिन १२ तारिखमा झिल्के एण्ड द कम्पनी, दोस्रो दिन १३ तारिखमा मङ्की टेम्पल र १४ तारिख अन्तिम दिन मुक्ति एण्ड द रिभाइभल व्याण्डको बेजोड प्रस्तुति रहनेछ । तिन जेनेरेशनको सबैभन्दा चर्चित राष्ट्रिय कलाकार सहित स्थानीय व्याण्डको प्रस्तुति रहने बृहत सांगितीक कार्यक्रम हरेक दिन साँझको समयमा आयोजकले जनाएको छ ।

हेवन वाटर पार्कको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा सांगितीक कार्यक्रमसँगै विभिन्न प्रतियोगिता समेत आयोजना गरिने बताइएको छ । सोहि अवसरमा भ्यालेन्टाइन डे वेष्ट ड्रेस कपल, हाजिरी जवाफ र बल डान्स प्रतियोगिता गर्ने र उत्कृष्टलाई पुरस्कृत गरिने शिवाकोटीको भनाई छ ।
सांगितीक कार्यक्रममा सहभागी हुन अग्रिम बुकिङ गर्नेलाई रु २५० र कार्यक्रमकै दिन टिकट लिनेलाई रु ३०० रुयैयाँ लाग्ने छ ।

प्रकाशित मिति : माघ २१, २०७७ बुधबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]