बैशाख २७, २०८१ बिहीबार

शक्तिशाली प्रतिरोध गर्ने विप्लप समूहको चेतावनी

झापा । विप्लप समूहका प्रवक्ता प्रकाण्डले देशैभर ओली सरकारले राज्य आतंक मच्चाएको भन्दै पार्टीमाथिको दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।


संखुवासभा जिल्लामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि प्रहरीले तीब्र दमन गरेको भन्दै दमन नरोके प्रतिकार सुरु गर्ने प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार प्रहरी र विप्लव पार्टीका कार्यकर्ताबिच दोहोरो गोली हानाहान भएपछि सरकारले दुईवटा हेलिकप्टर मार्फत प्रहरी परिचालन गरेपछि पार्टीले यस्तो प्रतिकृया दिएको हो ।


शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै नेकपाले घटनाको निन्दा र भत्सर्ना पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने ओली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । ’

दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिदैँ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही ओली–बादल सरकार हुनेछ ।’ अहिले त्यस क्षेत्रका जनतामा एक प्रकारको डर देखिएको छ ।

प्रकाशित मिति : असार १७, २०७६ मंगलबार  २ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]