बैशाख १२, २०८१ बुधबार

चिठ्ठा परेको भन्दै ठगी हिड्ने अर्जुनधाराका युवा १४ लाखसहित पक्राउ

भद्रपुर । झापा अर्जुनधारा –९ का २९ वर्षीय पंकज पौडेली वि.क. लाई इलाका प्रहरी कार्यालय अनारमनीले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई बिर्तामोडस्थित चारपाने क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

सामाजिक सञ्जालको प्रयोग गरेर वि.क.ले अनलाईनबाट चिठ्ठा परेको सूचना दिंदै रकम असुली गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थापाले जानकारी दिए । चिठ्ठामा परेको सामग्री भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं ठगी गर्ने उनलाई पक्राउ गरी काठमाडौं पठाइएको छ ।

ठगिएका पीडितहरुको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखामा ठगी मुद्दा दर्ता भएको थियो । सोहि आधारमा महानगरीय अपराध महाशाखाको सूचनापछि झापा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लाखौं रुपैयाँ नगद् बरामत भएको छ ।

प्रहरीले विकको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ ,पंकज पौडेलीको नाममा दर्ता रहेको ब्लु बुक , विनोद काफ्लेको नामको लाइसेन्स ,अनिल बस्नेत नामको लाइसेन्सको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपि , सिमसहितको २ थान मोवाइल , घरकोठाभित्रबाट २ लाख ८ हजार दुई सय नगद , ग्वाली छेउमा रहेको गोवरको थुप्रोभित्रबाट कालो रंगको झोलामा नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ फेला परेको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ पछि थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै कसैले पैसा मागेका खवर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : माघ २६, २०७७ सोमबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]