श्रावण १४, २०७८ बिहीबार

युवराजको ‘डोली जन्ती ’ चर्चामा

बुधबारे । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ती लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ ।

उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
देवल भण्डारीको शव्द अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा नै सो गीतलाई धेरैले मन पराएका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका गायक युवराज अन्तराष्ट्रिय संस्था मार्फत बालबालिकाको सेवामा समर्पित छन् ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट