बैशाख २१, २०८१ शुक्रबार

नेकपा झापाको जिम्मेवारी बाँडफाँड

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्लाको पूर्ण बैठकबाट कार्यलय कमिटी, सचिवालय, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका संयोजक, सचिव र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजकको जिम्मेवारी बाँडफाड गरिएको छ । यस्तै, पालिकाको अध्यक्ष, इञ्चार्ज र जनवर्गीय संगठनको इञ्चार्ज समेत तोकिएको नेता शिव ढुङ्गेलले जानकारी दिए ।

१७ सदस्यीय कार्यलय कमिटीमा अध्यक्ष चिन्तन पाठक, कार्यसचिव शिव ढुङ्गेल, सदस्यहरुमा प्रेम गिरी, खगेन्द्र नेपाल, गोपाल बुढाथोकी, प्रेम प्रकाश सिटौला, लक्ष्मण पाठक, राधाकृष्ण खनाल, मदन अधिकारी, घनश्याम अधिकारी, हरि तिम्सिना, ख्याम मिश्र, नेत्र दाहाल, तुलसी कार्की, असारु राजवंशी , लीला दाहाल र बद्री भट्टराई रहेका छन् ।

१ नं. प्रतिनिधिसभा क्षेत्रीय कमिटीको संयोजकमा गोपाल बुढाथोकी र सचिवमा घनश्याम अधिकारी, २ मा संयोजक प्रेस सिटौला, सचिव बद्री भट्टराई , ३ मा संयोजक लक्ष्मण पाठक, सचिवमा हरि तिम्सिना, ४ मा संयोजक राधाकृष्ण खनाल, सचिवमा ख्याम मिश्र र ५ मा संयोजकमा मदन अधिकारी , सचिवमा नेत्र दाहाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्रीय संयोजकहरुमा १ को क संयोजकमा बन्धन मुण्डा, ख संयोजक लक्ष्मी कुमार राई २ को क संयोजक सोम न्यौजाने, ख संयोजक भोला परियार, ३ को क संयोजक माधव विद्रोही, ख संयोजक डम्बर गिरी, ४ को क संयोजक ख्या मिश्र, ख संयोजक सत्यनारायण राजवंशी , ५ को क संयोजकमा योगराज दाहाल र ख को संयोजकमा लीला दाहाललाई जिम्मेवारी दिएको छ ।
जिल्ला कमिटी बैठकले मेचीनगरको अध्यक्षमा राजु पोखरेल र इञ्चार्जमा देवकुमार राईलाई जिम्मेवारी प्रदान गरेको छ । यसैगरी अर्जुनधाराको अध्यक्षमा कमल गुरागाई, इञ्चार्जमा कुसुम राई, बिर्तामोडको अध्यक्षमा उमानाथ ओली, इञ्चार्जमा हरि ओझा, बुद्धशान्तिको अध्यक्षमा टिका पाठक, इञ्चार्जमा योगमाया पराजुली, भद्रपुरको अध्यक्षमा ब्रह्म ढुङ्गाना, इञ्चार्जमा असारु राजवंशी, कचनकवलको अध्यक्षमा तिल बहादुर राई, इञ्चार्जमा टिका गुरुङ, बाह्रदशीको अध्यक्षमा बुद्धराज कार्की, इञ्चार्जमा ओम नारायण राजवंशी, कनकाईको अध्यक्षमा रविन्द्र लम्साल, इञ्चार्जमा अम्विका राजवंशी, झापाको अध्यक्षमा गजेन्द्र ताम्ली, इञ्चार्जमा भक्त बाँनियाँ÷हेम कुमार कार्की, शिवसताक्षीको अध्यक्षमा धन बहादुर थेवे, इञ्चार्जमा ज्ञानेन्द्र शंकर, गौरीगञ्जको अध्यक्षमा विष्णु न्यौजाने, इञ्चार्जमा कैलाश मास्के, गौरादहको अध्यक्षमा मित्रदेव काफ्ले, इञ्चार्जमा बलराम खरेल, कमलको अध्यक्षमा भीम राई, इञ्चार्जमा शिव ढुङ्गेल, दमकको अध्यक्षमा बोधप्रसाद घिमिरे,इञ्चार्जमा नेत्र दाहाल र हल्दिवारीको अध्यक्षमा हरि गौतम, इञ्चार्जमा नरेश चुडाललाई जिम्मेवारी तोकिएको छ ।

बैठकले जनसंगठनको इञ्चार्जहरु समेत तोकेको छ । मोर्चा संगठन प्रमुखमा तुलसी कार्की, किसान महासंघको इञ्चार्जमा बेनु शिवाकोटी, ट्रेड यूनियन महासंघमा सन्त राई, अनेरास्ववियू घनश्याम अधिकारी, आदिवासी जनजाति महासंघ चन्द्र सुब्बा, खेलकुद महासंघ चन्द्र प्रसाई, जनसांस्कृतिक महासंघ निर्मला पाठक, अखिल नेपाल महिला संघ पवित्रा पाठक, उधोग व्यवसायी महासंघ श्रीप्रसाद मैनाली÷गणेश बस्नेत, दलित मुक्ति संगठन कल्पना दर्नाल, बुद्धिजीवी संगठन नारायण गौतम, भुमिहीन सुकुम्बासी संगठन टिकाराम मंग्राती, मुस्लिम संगठन लाल महम्मद मिया, प्रेस संगठन माधव विद्रोही, पेशागत महासंघ देवराज कार्की, मानव अधिकार तथा सामाजिक अभियान कृष्ण विमली र युवा संघको इञ्चार्जमा छवि चुडाललाई जिम्मेवारी प्रदान गरिएको कार्यलय सचिव ढुङ्गेलले जानकारी दिए ।

९९ सदस्यीय सचिवालय सदस्य बनाइने नेकपा झापाले जनाएको छ । सचिवालयमा कार्यलय कमिटीका सबै सदस्य, प्रदेशसभा समन्वय कमिटीका संयोजक, सचिव, गाउँ, नगर इञ्चार्ज, विभागीय प्रमुख, राजनैतिक ज्येष्ठता र समावेशी क्षेत्रलाई समेटिने बताइएको छ ।

प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]