हवेन वाटर पार्कमा आज मुक्ति व्याण्डको प्रस्तुति
बिर्तामोड । बिर्तामोडको हेवन वाटर पार्कमा आज साँझ मुक्ति व्याण्डले सांगितीक प्रस्तुति राख्ने भएको छ । भ्यालेन्टाइन डेको अवसरमा मुक्ति व्याण्डले प्रस्तुति राख्ने भएको हो ।

तीन दिने भ्यालेनटाइन वीकको अवसरमा आज अन्तिम दिन मुक्ति व्याण्डले बेजोड प्रस्तुति राख्ने हेवनका प्रवन्ध निर्देशक नेपाल रत्न शिवाकोटीले जानकारी दिए । उनले भ्यालेनटाइन दिवसको अवसरमा युवासहित सबै उमेर समूहलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताए । यसअघि शुक्रवार प्रकृति र शनिवार साँझ मंकी टेम्पलले बेजोड प्रस्तुति गरेको थियो । आज हुने कार्यक्रममको सम्पूर्ण तयारी पुरा भएको छ ।