बैशाख ३१, २०८१ सोमबार

झापाको मनकामनामा कक्षा ११ बाटै कानुन संकाय अध्ययन गर्न पाइने

बिर्तामोड । झापाको बिर्तामोडमा अब कक्षा ११ बाटै कानुन विषय अध्ययन गर्न पाइने भएको छ । विर्तामोडस्थित मनकामना माध्यमिक विधालयले यो वर्षबाट कानुन संकाय शुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।


दुई दशकदेखि सञ्चालनमा रहेको मनकामना कलेजले कानुन विषय सहित ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेण्ट सञ्चालनको तयारी गरेको क्याम्पस प्रमुख प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईका अनुसार त्रिभुवन विश्वविधालयले प्रविणता प्रमाणपत्र तह हटाएपछि पछिल्लो एक दशकदेखि कानुनको आधारभूत ज्ञान प्राप्त गर्न विधार्थी बञ्चित भएकाले यो संकाय मनकामनाले शुरु गरेको हो ।


विधार्थीको भविष्य हेरेर कानुन संकाय शुरु गरिएको शैक्षिक विभाग प्रमुख कुमार थपलियाले जानकारी दिएका छन् । उनले यो विषय अध्ययनका लागि कक्षा ११ मा ५० हजारको प्याकेज व्यवस्था गरिएको छ । १५, २० र अन्तिममा १५ हजार तिरेर अध्ययन गर्ने वातावरण मिलाइएको थपलियाले बताए ।

एक मुष्ट तिर्नेहरुका लागि ५ हजार छुटको व्यवस्था गरिएको उनको भनाई छ । काठमाडौंमा यहि विषय अध्ययन गर्दा १ लाख भन्दा बढि पर्ने भएपनि यहाँका विधार्थीलाई सुविधा प्रदान गरिएको बताइएको छ । थपलियाले भने, कक्षा ११ मा ४० जना विधार्थी पढाइने छ ।


मनकामनामा मानविकी,शिक्षा र व्यवस्थापन संकायसँगै मानविकी संकायको बिएमा आमसञ्चार विषयको पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति : असार १९, २०७६ बिहीबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]