बैशाख ७, २०८१ शुक्रबार

नेकपालाई राप्रपाको साथ, कांग्रेस एक्लै

बिर्तामोड । फागुन १६ गते हुने विर्तामोड उधोग वाणिज्य संघको निर्वाचनका लागि दुई प्यानलले उम्मेद्वार सार्वजनिक गरेका छन् । नेकपा, राप्रपाको संयक्त व्यवसायिक प्यानल र नेपाली कांग्रेसको लोकतान्त्रिक व्यवसायिक प्यानलले बुधबार केहि घण्टा फरकमा उम्मेद्वार सार्वजनिक गरेका हुन् । पहिलो चरणमा संयुक्त व्यवसायिक प्यानलले उम्मेद्वार सार्वजनिक गरेको थियो ।

एक कार्यक्रमका बीच संयुक्त प्यानलले सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरेको छ । संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी सार्वजनिक गरिएको छ ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी रहने भएको छ ।
राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीले उम्मेदवारी दिनेछन् ।

लोकतान्त्रिक प्यानल
संघको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसले प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मे्वार सार्वजनिक गरेको छ । अध्यक्षमा राजु न्यौपाने, प्रशान्त भण्डारी, पार्वता विमली, बलराम कार्की अध्यक्ष बन्ने लाइनमा थिए । उनीहरु सबैलाई सहमति गराएर शिवाकोटीलाई अध्यक्षको उम्मेद्वार बनाइएको छ ।

बुधबार साँझ कांग्रेस नेता देउमान थेवेले उम्मेद्वार सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसमा आवद्ध व्यवसायीहरुले संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायिक प्यानल बनाएर निर्वाचन लड्दैछन् । सो प्यानलबाट अध्यक्षमा प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उधोग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) , जनसम्पर्क महिला उपाध्यक्ष नैनकला भट्टराई र महासचिवमा रविन्द्र भट्टराईको नाम सार्वजनिक गरिएको छ ।

यस्तै, उधोग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषध्यक्ष दिपेन्द्र राउत र सहकोषध्यक्षमा राधिका चुडाल हुमागाई उम्मेद्वार बन्ने भएका छन् । खुल्ला सदस्यमा विशाल थापा, सनी गोयल,विकास बस्नेत, दिपक मित्तल, मनोज रौनियार, पुकार बराल , महिला सदस्यमा तिलोत्तमा सिटौला र तुलसा ढकाल उम्मेद्वार बनेका छन् ।

मतदाताले गतवर्ष गरिएका प्रतिवद्धता बारे खोजी गर्ने बताएका छन् । गत वर्ष निर्वाचनमा हामीले विजयी गराउँदा संघले केके प्रतिवद्धता पुरा गरेको छ ? एक मतदाता भन्छन्, प्रतिवद्धता मात्र गरेर हुदैन । व्यवसायी समक्ष गरिएका प्रतिवद्धता पुरा हुनुपर्छ ।
निर्वाचन समितिले फागुन ६ गते उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तय गरेको छ । यसपालिको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

नेकपालाई राप्रपाको साथ
बुधबारको उम्मेद्वारी घोषणामा राप्रपाले नेकपालाई साथ दिएको छ । अर्थात, संयुक्त प्यानल मार्फत नेकपा र राप्रपाले उम्मेद्वार सार्वजनिक गरेका छन् । बिर्तामोडमा राप्रपाको भूमिका निर्णायक मानिदैं आएको छ । यता, नेपाली कांग्रेस एक्लै भिड्ने निश्चित भएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]