चैत्र १५, २०८० बिहीबार

डेंगु विरुद्ध गाउँगाउँमा जनचेतना

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध जनचेतना अभियान संचालन गरेको छ ।

गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान थालिएको बुद्धशान्ति गाउँपालिका स्थित स्वास्थ्य शाखाका सिअहेव अधिकृत दिपक सापकोटाले जानकारी दिए ।


पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत रहनु तथा यस रोगको लक्ष्यण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानुनै सबैभन्दा उपयोगी हुने सापकोटाले बताए ।

प्रचार प्रसारका क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले जनचेतना मुलक प्रचार प्रसार भन्दा पनि गरिब तथा विपन्न वर्गलाई झुल बाढ्दा तथा डेंगु ज्वरो लाग्ने लाम्खुट्टेको विरुद्ध दबाई हान्नु पर्ने माग राखेको प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराईले बताएका छन् ।

पहिलो चरणमा प्रचार प्रसार गरेर डेंगु ज्वरो विरुद्ध जनचेतना फैलाएको तथा आगामी दिनमा यस ज्वरो विरुद्ध थप प्रभावकारी कदम चालिने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताएका छन् ।

प्रकाशित मिति : असार १९, २०७६ बिहीबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]