चैत्र १६, २०८० शुक्रबार

लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ

भद्रपुर । प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मेचीनगर १ बस्ने २१ वर्षिय विजय आले मगर , सोही ठाउँका १८ वर्षिय देव आले मगर , २१ वर्षिय मनोज तामाङ र भारत किसनगंज घर भई बिर्तामोड ५ बस्ने २० वर्षिय अभिकुमार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो अर्जुनधारा ११ बसपार्कमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउनसुगरसँगै लागूऔषध बिक्रीवितरणमा प्रयोग हुने डिजिटल तराजु र मोबाईल बरामद भएको प्रहरीले जनाएको छ । चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]