बैशाख १४, २०८१ शुक्रबार

मौका छोपेर प्रचण्ड समूहले लगाए झापाको पार्टी कार्यालयमा ताला, साँझमै खोलियो

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा लगाइएको ताला खोलिएको छ । शनिवार साँझ ओली पक्षीय युवा नेताहरुको समूहले ताला खोलेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको पार्टीको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विशाल जनसभाको मौका छोपेर प्रचण्ड–माधव समूहले तालावन्दी गरेको थियो । ओली पक्षीय नेता कार्यकर्ता विराटनगर गएको मौकामा प्रचण्ड समूहले तालाबन्दी गरेको प्रचण्ड खेमाका नेता आफैले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । ओली पक्षका एक युवा नेता भन्छन्, ‘चोरले जस्तो मौका छोप्ने काम भएछ । मान्छे हुञ्जेल केहि नहुने , नभएपछि चोरी हुने । ’ झापााको पार्टी कार्यालयमा पनि त्यस्तै हर्कत गरिएछ , उनले थपे ।

झापाका नेकपा नेता टिकाराम मंग्रातीले त्यो पार्टी कार्यालय मात्र नभई ‘जबज’ पक्षधरको रगत पसिनाले निर्माण गरेको पवित्र स्थल भएको बताए । उनले भने, ‘अपवित्र हातले ताला होइन, छुने पनि अधिकार छैन ।’ अर्का नेता भन्छन्, माओवादीहरुले पुरानै रुप देखाए ।

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]