बैशाख ३१, २०८१ सोमबार

सहिद स्मारक सी डिभिजन लिगमा छनौट झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

बिर्तामोड । सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडीलाई सम्मान गरिएको छ ।

एन्फाको दुई साताअघि भएको छनोट प्रतियोगितामा झापा फुटबल क्लब सी डिभिजन लिगमा छनोट भएको थियो । आज बिहान् क्लबले बिर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा खेलाडीलाई मेडल,सम्मान पत्र र नगदसहित सम्मान गरिएको छ ।

यहि वर्ष दर्ता भएको क्लबले फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको क्लबका अध्यक्ष गजेन्द्र पौडेलले बताएका छन् । उनले झापामा फुटबल क्षेत्रको बिकास उत्साहजनक भएको बताए । पौडेलले भने- खेलाडीको उत्साहको लागि सम्मान गरेका हौ । उनले झापामा पछिल्लो समय फुटबल क्षेत्रमा भइरहेको राजनीति विरुद्ध आक्रोश पोखेका छन् । फुटबलमा राजनीति गर्नहरुलाई यहाँ देखिन, बोलाएका थियौ- पौडेलले थपे । उनले फुटबलमा राजनीती गर्ने बिरुद्ध खेद ब्यक्त गरेका छन् ।

सोही अवसरमा फुटबलमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिलाई समेत सम्मान गरिएको छ ।

झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]