बैशाख २६, २०८१ बुधबार

प्रचण्ड–माधवलाई महतोको प्रश्न – तपाईहरुको पार्टी कुन हो ?

काठमाडौं । सरकार निर्माणमा हतारो शुरु गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टीसँग छलफल गरेको छ ।

आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा नेता महतोले प्रचण्ड र माधव नेपाललाई तपाईहरुको पार्टी कुन हो भन्दै प्रश्न तेर्साएका छन् । उनले पहिले पार्टी टु्गो लगाएर आउन आग्रह गरेका छन् । महतोले भने, पार्टी प्रणालीमा पार्टी चाहिन्छ, यो अलमल हुने काम भयो ।

कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको महतोको भनाई छ । प्रचण्ड–माधव समूहको प्रस्तावलाई पार्टीको छलफलमा लगिने उनको भनाई थियो । पटक–पटक धोखा खाएको भन्दै नेता महतोले सोच विचारका साथ काम गर्ने बताए । संविधान जारी गर्दा पनि आफुहरु माथि धोखा भएको महतोले बताएका छन् । अब सत्ता साझेदारीमा संविधान संशोधन, रेशम चौधरी लगायतका मुद्दामा आफुहरु अडान लिने छलफलमा भनेका छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]