बजाजको नयाँ मोडलको अटो सार्वजनिक
विर्तामोड । झापाको विर्तामोडमा हलेसी ट्रेड लिंकले नयाँ मोडलको अटो सार्वजनिक गरेको छ । सार्वजनिकसँगै विक्रि खुला गरिएको हलेसी टे«ड लिंकले जनाएको छ । एक कार्यक्रमको आयोजना गरी बजाजको नयाँ मोडलको तीन पाङ्ग्रे अटो सार्वजनिक गरेको हो । हलेसी टे«ड लिंकले तीन पाङ्ग्रे अटो आरई बिएस सिक्स मोडल सार्वजनिक गरेको हो ।

हलेसी टे«ड लिंकमा अटो खरिद गर्ने पहिलो व्यक्ति राजकुमार राय र जेष्ठ चालक मोहनबहादुर कार्की, टे«ड लिंकका सञ्चालक दम्पतिद्धय चुडामणी र रचना पौडेलले संयुक्त रुपमा नयाँ मोडलको अनावरण गरेका छन् । नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक वितरक गोल्छा गु्रप अन्तरर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनीले बजार ल्याएको उक्त अटोमा एफआई प्रविधि जडान गरिएको हलेसी टे«ड लिंकका सञ्चालक चुडामणी पौडेलले जानकारी दिए । उनले उक्त अटोमा उच्चतम पावर, तानशक्ति बढी हुनाका साथै माइलेज वढि दिने पनि जानकारी दिए । सार्वजनिक भएको अटोको मुल्य ५ लाख ६४ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै सार्वजनिक भएको उक्त अटोमा नयाँ डयास् बोर्डमा एफएम तथा एमपी थ्री जडान गरिएको छ । ग्राहक चढ्न र ओर्लनकालागि पछाडि पट्टि ढोका समेत रहेको छ । साथै यस अटोको हाइट समेत अग्लो रहेको कम्पनीले जनाएको छ । यसअघिका अटोमा यस्ता सुविधा थिएनन् । सार्वजनिक गरिएको हटोमा उत्कृष्ट १० फिचर्स रहेको बताइएको छ । कार्यक्रममा टे«ड लिंकका पहिलो ग्राहक राजकुमार राय र मोहनबहादुर कार्कीलाई सम्मान समेत गरिएको छ ।