प्रधानमन्त्री ओली फागुन १६,१८ र २१ गते झापा आउने
बिर्तामोड । प्रधामन्त्री केपी शर्मा ओली एक हप्तामा तीन दिन झापा आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली फागुन १६, १८ र २१ ग्ते झापा आउने कार्यक्रम तय भएको छ ।
१६ गते झापाका तीन स्थानीय तहहरु दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा बन्न लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न आउन लागेका हुन् । सोहि दिन जिल्लाका विभिन्न विकास आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपाका नेता शिव ढुङ्गेलले जानकारी दिए ।
यस्तै, १८ गते बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन र २१ गते सुखानीकोे कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री आउने निश्चित भएको छ ।