चैत्र १५, २०८० बिहीबार

वाणिज्य संघलाई जगाउनु

सम्पादकीय

झापा जिल्लाकै ठुलो व्यापारी नगरीमा व्यवसायीको नेतृत्वको लागि आइतवार निर्वाचन भयो । निर्वाचनमा व्यवसायीले नयाँ नेतृत्वका लागि गोप्य मतदान गरिसकेका छन् । उनीहरुको मतले अब नयाँ नेतृत्वलाई वाणिज्य संघको कार्यभार सम्हाल्न दिने छ । हिजो मतदान सम्पन्न भयो । आज लगभग मत परिणाम पनि सार्वजनिक हुनेछ । निर्वाचनको पूर्वसन्ध्यामा विभाजित भएर मत माग्ने काम भएको छ । राजनीतिक दलहरुकै प्रतिष्ठाको विषय बनेको वाणिज्य संघको निर्वाचनमा व्यवसायी पनि दलगत रुपमै विभाजित भए ।

नेकपा र राप्रपाको एउटा प्यानल निर्माण भयो । जसलाई संयुक्त व्यवसायिक प्यानल भनियो । नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानल बन्यो । दुई प्यानलबिच निर्वाचनमा राम्रै टक्कर भएको छ । अब जीत मतपरिणामले सार्वजनिक गर्ने निश्चित छ । संघको मतपरिणामले विजयी हुनेहरु संघमा रहेर व्यवसायीको लागि काम गर्नुपर्छ । र, पराजित हुनेहरु संघको कार्यसमितिलाई बाहिरबाट सहयोग गर्नुपर्छ । निर्वाचनमा जीतहार स्वभाविक छ । लोकतन्त्रमा मतपरिणामलाई स्वीकार गर्नुको विकल्प छैन ।

अब वाणिज्य संघको नयाँ नेतृत्वले संघको साखलाई उच्च बनाउनैपर्छ । विगतमा जस्तो सुस्त र दयनीय संघ परिकल्पना गर्न मिल्दैन । व्यवसायीले आफै संघको कार्यालयमा पुगेर नविकरण गर्न छोडिसके भने यसको औचित्य र आवश्यकता सबैले बुझ्न सकिन्छ । यसैले अब वाणिज्य संघ सबैको आशाको केन्द्र बन्नुपर्छ । भरोसा गर्न विश्वास योग्य बन्नुपर्छ । व्यवसायी र घरधनी बिचको सबैखाले समस्यालाई दुवै पक्षको हितमा निर्णय गर्न सक्नुपर्छ । पुरानो शैलीबाट फेरि पनि वाणिज्य संघ चल्यो भने अबको निर्वाचनमा व्यवसायी लगभग मत खसाल्न आउने छैनन् ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]