बैशाख १२, २०८१ बुधबार

महिला फुटबलमा कनकाईको सानदार बिजय

सिएम शर्मा

सुरुङ्गा । कनकाई मा.बि. को खेल मैदानमा छैटौं जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद मार्फत राष्ट्रिय निर्माणको अभियान मुल नारा बनाएर खेलकुदको क्षेत्रमा प्रशंसनीय योगदान पु¥याउदै आएको कनकाई खेलकुद प्रतिष्ठान (कासा) को आयोजनामा बिगत छ बर्ष देखि हरेक बर्ष खेलाउदैे आएको जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणमा आयोजक कनकाई स्पोर्ट्स एकाडेमी र नवकिरण स्पोर्टिङ क्लब हल्दिबारी बिच सोमबार भएको उद्घाटन खेलमा आयोजक कनकाई ५–० को फराकिलो गोल अन्तरले विजयी भएको छ ।

कनकाईको जितेको लागि १५ नम्बर जर्सी लागाएर खेलमैदानमा उत्रिएकी लक्ष्मी श्रेष्ठले खेलको छैटौं मिनेटमा पहिलो गोल गरेकी थिईन् । कनकाईको समर्थनमा रहेका दर्शकमा पहिलो गोलको उत्साह नसकिदै दुई मिनेट भित्रैमा उनै लक्ष्मीले चमत्कारी खेल खेल्दै खेलको आठौ मिनेटमा दोस्रो गोल गरेकी थिईन् ।

नविकरण स्पोर्टिङ क्लब हल्दिबारीमाथि आफ्नो दबदवा कायमै राखेको कनकाईका तर्फबाट खेलको २४औं मिनेटमा आफ्नो व्यक्तिगत तेस्रो गोल सहित ह्याट्रिक गर्दै लक्ष्मीले पहिलो हाफ्मै कनकाईलाई ३–० को अग्रता दिलाएकी थिईन् ।

३०÷३० मिनेटको समयावधिमा खेलाईएको खेलको दोस्रो हाफमा हल्दिबारीले निकैनै प्रयास गरे पनि त्यस प्रयासलाई विफल वनाउदै खेलको ५२ औं मिनेटमा कनकाइकि लक्ष्मीलेनै व्यक्तिगत चौथो गोल गर्दै कनकाईको अग्रता कायमै राखेकी थिइन् ।

खेल समयावधिभर कुनै पनि गोल गर्न नसकेको हल्दिवारी माथि निकै आक्रमक देखिएको कनकाईको तर्फबाट निर्धारित समयको समाप्ति पछिको थप दुई मिनेटको समयको अन्तिम केही सेकेन्ड मात्र बाँकी रहँदा जर्सी नम्बर ११ कि नेहा चौधरीले गरेको गोलसंगै कनकाईले हल्दिबारीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

कनकाईको लागि आफ्नो व्यक्तिगत ४ गोल गर्न सफल लक्ष्मी प्लेयर अफ दी म्याच घोषित भईन । उनलाई ब्यवसायी अशोक बरालको सौजन्यमा रहेको खेलको प्लेयर अफ दी म्याचको टर्फि र नगदहस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा पाथिभरा महिला फुटबल टिम कचनकवल गाउँपालिका , झापा गाउँपालिका , दमक नगरपालिका , जुनतारा खेलकुद क्लब खुदुनावारि , पारिजात महिला फुटबल क्लब सालवारी , शिवसताक्षी नगरपालिका , नवकिरण स्पोर्टिङ क्लब हल्दिवारी र आयोजक कनकाई खेलकुद प्रतिष्ठानबाट गरि जिल्ला भरिका आठ वटा टिम को सहभागीता रहेको प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले वताएका छन । मंगलबार पारिजात महिला फुटबल क्लब सालवारि र झापा गाउपालिका बिच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]