सरकार र विप्लव समूहबीच पहिलो वार्ता सकारात्मक उन्मुख
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए ।
सरकारी वार्ता टोलीका सदस्य डा।राजन भट्टराईले वार्ता सकारात्मक उन्मुख रहेको जानकारी दिए ।