ग्यास बोक्ने ट्रकले ओभरट्रयाक गर्दा सुरुङामा भयानक दुर्घटना
विर्तामोड । झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा भयानक सडक दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो । दुर्घटनामा अरु ४ जना घाइते भएका छन् । ग्यासको ट्रकले ओभरट्याक गरेको प्रहरीको भनाई छ ।

बिर्तामोडका दुई युवाको मृत्यु भएको बि एण्ड सी अस्पताल श्रोतले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका अरु ४ जनाको अवस्था पनि चिन्ताजनक रहेको अस्पताल श्रोतले बताएको छ । झापा प्रहरीका अनुसार ट्रकका चालक फरार भएका छन् । दुर्घटनामा परेका सवै सवारी इप्रका सुरुङा लैजाने तयारी भएको छ ।