चैत्र १५, २०८० बिहीबार

विर्तामोडमा फागुन २१ गते बृहत जनसभा, प्रधानमन्त्रीले संबोधन गर्ने

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले फागुन २१ गते बृहत जनसभा आयोजना गरेको छ । ४८ औं सुखानी शहिद दिवसको अवसरमा बृहत जनसभा आयोजना गरिएको नेकपा झापाले बुधबार विर्तामोडस्थित हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

विर्तामोडको सुगम पम्प नजिकैको मैदानमा जनसभा आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । उनले १ लाख नेता कार्यकर्ता सहभागी हुने जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र संविभान सभा अध्यक्ष सुवास नेम्वाङ्ले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । पोर्तेलका अनुसार प्रदेशका मुख्यमन्त्री शेरधन राई, पार्टीका प्रदेश प्रमुख देवराज घिमिरे र जिल्ला इञ्चार्ज देवेन्द्र दाहाल लगायतले सभालाई सम्बोधन गर्ने छन् ।

शहिद र आन्दोलनका योद्धाहरु प्रति श्रद्धा , सम्मान गर्न एवम् परिवर्तित सन्दर्भमा पार्टीको धारणा र अबको कार्यदिशा बारे जानकारी दिन आयोजना गरिने सभाको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

पार्टीका प्रदेश १ का अध्यक्ष घिमिरेले प्रधानमन्त्री ओली सालवारीमा रहेको शहिद पार्क पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि सभालाई सम्बोधन गर्ने घिमिरेले जानकारी दिए । सुरक्षा र स्वास्थ्य संवेदनशीलता ख्याल गरेर प्रधानमन्त्री ओलीलाई आयोजकले सुखानी सदाहत स्थल जान नसक्ने जनाएको छ । जिल्ला सुरक्षा समितिले समेत प्रधानमन्त्रीमा ‘थ्रेट’ बढ्दै गएकाले सुखानी जान रोक लगाएको छ । सोहि दिन विहानै पार्टीको जिल्ला नेतृत्व सदाहत स्थल पुगेर श्रद्धाञ्जली सभा गरेर फर्किने पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
जनसभामा जनकलाकारहरु जेवी टुहुरे, मधु गुरुङ, खेम नेपाली, माधव प्रधान र पवित्रा ओलीको विशेष प्रस्तुति हुनेछ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]