बैशाख ३०, २०८२ मंगलबार

तीन बुँदे सहमति कार्यान्वयन गर्छु : विप्लप

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लप) ले तीन बुँदे सहमति दृढता पूर्वक कायान्वयन गर्ने बताएका छन् ।

सरकार र पार्टीबिच भएको सहमति पत्रमा हस्ताक्षर गरिएपछि विप्लपले सम्बोधन गर्दै उनले आगामी दिनमा शान्तिपूर्ण राजनीतिमा अघि बढ्ने बताए ।

नेपाली जनताको पक्षमा र राष्ट्रको हितमा काम गर्दै जाने विप्लपले सम्बोधनका क्रममा भनेका छन् । उनले फागुन २१ कै दिन सरकार र पार्टी बिचमा सहमति भएको कुरालाई ऐतिहासिक रुपमा लिएको बताए । विप्लपले शहिदको सपना अझै पुरा नभएको र नेपाली जनताका विचमा अझै समस्याहरु रहेको धारणा राखेका छन् ।

शान्तिपूर्ण राजीनितमा ल्याउन सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  ३ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]