बैशाख ३०, २०८२ मंगलबार

मुलुक शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लप समूह शान्तिपूर्ण राजनीतिमा फर्किए पछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लप समूहविचमा भएको सहमति पत्रमा हस्ताक्षर भएपछि उनले मुलुकमा अब हिंसात्मक गतिविधि अन्त्य भएको बताए ।

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लप समूह शान्तिपूर्ण खुला राजनीतिमा प्रवेश गर्दा नेपालको कम्युनिष्ट आन्दोलन समेत बलिया हुने भनाइ राखेका छन् ।

त्यसअघि विप्लवले सम्बोधन गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लप) ले तीन बुँदे सहमति दृढता पूर्वक कायान्वयन गर्ने बताएका छन् । सरकार र पार्टीबिच भएको सहमति पत्रमा हस्ताक्षर गरिएपछि विप्लपले सम्बोधन गर्दै उनले आगामी दिनमा शान्तिपूर्ण राजनीतिमा अघि बढ्ने बताए ।

नेपाली जनताको पक्षमा र राष्ट्रको हितमा काम गर्दै जाने विप्लपले सम्बोधनका क्रममा भनेका छन् । उनले फागुन २१ कै दिन सरकार र पार्टी बिचमा सहमति भएको कुरालाई ऐतिहासिक रुपमा लिएको बताए । विप्लपले शहिदको सपना अझै पुरा नभएको र नेपाली जनताका विचमा अझै समस्याहरु रहेको धारणा राखेका छन् ।
शान्तिपूर्ण राजीनितमा ल्याउन सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]