झापा विद्रोहका योद्धा डाँगी र प्रधानलाई शहिद घोषणा
झापा । सरकारले झापा आन्दोलनका योद्धा चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित सरकार र नेकपा विप्लप समूहको सहमतिमा हस्ताक्षर कार्यक्रममा सो कुरा जानकारी दिए ।

उनीहरुलाई २०२९ साल फागुन २१ गतेको केही महिना अघिपछि चन्द्र डाँगी र राम प्रधानलाई छ तत्कालिन राज्यले हत्या गरेको थियो । दुवैलाई वर्तमान सरकारले सहिद घोषणा गरेको प्रधानमन्त्रीले जानकारी दिएका हुन् । डाँगीलाई ०२९ साल साउन २० गते घर अगाडि प्रहरीले गोली हानी हत्या गरेको थियो । प्रधानलाई घोचीघोची मारिएको समकालिनहरु बताउँछन् ।
डाँगी र प्रधानका परिवारले जनताको मुक्तिको आन्दोलनमा राज्य पक्षबाट मारिएका दुवै योद्धालाई शहिद घोषणा नगरेकोमा गुनासो गर्दै आएका थिए । वर्तमान ओली सरकारले परिवारको माग सम्बोधन गरेको छ ।