जेष्ठ २, २०८२ बिहीबार

प्रभावितलाई सहाराबाट सहुलियत व्याजमा कर्जा

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.चारपानेले व्यवसायीलाई सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्न थालेको छ । सहारा नेपाल साकोसका सचिव महेन्द्र गिरीले सहुलियत व्याजमा कर्जा उपलब्ध गराइरहेको जानकारी दिए ।

कोरोना महामारीबाट प्रभावित भएका व्यवसायीलाई लक्षित गरेर सस्तो व्याजदरमा कर्जा दिन थालिएको गिरीको भनाई छ । उनले फागुनको शुरुआतबाटै सो प्रकारको कर्जा दिन थालिएको बताए ।

१३ देखि १४ प्रतिशतसम्म व्याज लिने गरेकोमा सहकारीले व्यवसायीलाई सहयोग हुने गरी १०.९९ प्रतिशत व्याजदर कायम गरेको छ । गिरीका अनुसार प्रभावित व्यवसायीलाई ३० लाखदेखि २ करोडसम्म कर्जा दिइने छ । कोरोना महामारीले लामो समय व्यवसाय बन्द गरेका कारण व्यवसायीलाई सहज वातावरणमा फर्काउन आर्थिक सहायता गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]