बैशाख १४, २०८१ शुक्रबार

जवरजस्ती करणी मुद्दामा गोल्धापका तुम्वापो पक्राउ

विर्तामोड । प्रहरीले जवरजस्ती करणी मुद्दामा हल्दिवारी–१ का भीम तुम्बापो पक्राउ गरेको छ । तुम्बापोलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

तरुण दल हल्दिवारी–१ का सभापति समेत रहेका तुम्बोपोलाई बेलबारीबाट पक्राउ गरिएको विर्तामोड प्रहरीले जनाएको छ । विभिन्न हिंसात्मक गतिविधिमा संलग्न तुम्बोपोलाई गत महिना विर्तामोडकी एक किशोरीले जवरजस्ती करणी मुद्दामा जोहरी दिएकी थिइन् । उनले जाहेरी दर्ता पछि किशोरीको मुद्दा फिर्ता गराउन दवाव दिने गरी युट्यूवमा भिडियो समेत अपलोड गराएका थिए । धुलावारीका एक युट्युवरले टिआरपीका लागि हतारोमा भिडियो अपलोड गरेका थिए ।

डित किशोरीले भिडियो अपलोड गर्ने युट्युवर विरुद्ध साइबर व्यूरोमा मुद्दा दर्ता गराएकी छन् । युट्युवरले मुद्दा पर्ने थाहा पाएपछि भिडियो हटाएका थिए । युट्युवरसम्म भिडियो पु¥याउने गोल्धापका एक युवा समेत प्रहरी निगरानीमा छन् ।

तुम्वापो हल्दिवारी गाउँपालिकाको गाउँसभामा भएको तोडफोडमा समेत संलग्न थिए ।

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]