बैशाख ३०, २०८२ मंगलबार

झापाको एमाले पार्टी कार्यालयमा अझै सुनसान

विर्तामोड । तत्कालिन एमाले र माओवादी केन्द्र व्युँतिएपछि देशभरका एमाले पार्टी कार्यालयमा उत्सव नै शुरु भएको छ । सर्वोच्चको फैसलापछि तत्कालिन एमालेका पार्टी कार्यालयमा बोर्ड परिवर्तन गर्ने र एमाले लेख्ने काम भइरहेका छन् ।

झापाको छिमेकी जिल्ला इलाममा रहेको जिल्ला पार्टी कार्यालयमा नेकपा एमाले लेखिएको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए । उनले एमाले व्युँतिएपछि नाम लेख्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । यस्तै, मोरङमा पनि एमाले लेखिएको नयाँ राखिएको छ । अधिकांश जिल्लाहरुमा नेकपा एमालेका कार्यालय खोल्न थालिएको छ । बन्द भएका कार्यालय खोल्ने, सरसफाई गर्ने र नाम परिवर्तन काम भइरहेको सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा भने पार्टी कार्यालयमा सुनसान छ । सर्वोच्चको फैसला भएको दिनदेखि अन्य जिल्लामा दिपप्रज्वलन भइरहे पनि झापाको पार्टी कार्यालयको ताला अझै खुलेको छैन ।

प्रधानमन्त्रीको गृह जिल्लामै पार्टी कार्यालय सुनसान हुँदा कार्यकर्ता निरास भएका छन् । कार्यालयको मुल ढोका मै ताला छ । कार्यालय परिसरमा प्रहरी बसिरहेका छन् । झापाको तत्कालिन एमालेलाई फैसलाले किन मौन बनायो भन्ने जिज्ञासा राख्दा नेता शिव ढुङ्गेलले भने, मंगलवारदेखि कार्यालय खुल्छ । हतारमा भन्दा पनि धैर्य भए खोल्दा राम्रो भन्ने लागेर मंगलवारदेखि खोल्ने निर्णय भएको ढुङ्गेलको भनाई छ ।

सो कार्यालय तत्कालिन एमालेकै जिल्ला कार्यालय हो । पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिए पनि मुल ढोकामा रहेको नेकपा एमाले हटाइएको थिएन ।

सो पार्टी कार्यालय प्रतिनिधि सभाको विघटनपछि बन्द गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]