चैत्र २९, २०७७ आईतबार

छात्रामैत्री शौचालय हस्तान्तरण

विर्तामोड । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने अबस्था कायमै रहेको रोटरी इन्टरनेशनल डिस्ट्रक ३२९२ का डिस्ट्रिक गर्भनर इलेक्ट सन्तोष रिजालले बताए । कतिपय विद्यालयमा छात्रा मैत्री शौचालय नहुनु, शौचालय भएपनि व्यवस्थित र सुरक्षित नहुदा विद्यालय गएका किशोरीहरुलाई समस्या हुने गरेको रिजालको भनाई छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरैजसो वालवालिकाहरुलाई अहिले पनि सुरक्षित शौचालयको व्यस्था नहुदा छात्रा मात्र होइन छात्रहरुपनि समस्यामा पर्ने गरेका छन् । यसैलाई मध्यनजर गर्दै रोटरी क्लव अफ बिर्तामोडले झण्डै दश लाख रुपैयाँ खर्च गर्दै बिर्तामोडस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको छ ।
बिर्तामोड नगरपालिका – ३ बिर्तावजारमा रहेको महेन्द्ररत्म माध्यमिक विद्यालयसहित महालक्ष्मी विकास बैंक, नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चालआली, रोडट्याक क्लव अफ बिर्तामोडको आर्थिक सहयोगमा रोटरी क्लव अफ बिर्तामोडले छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको हो ।

किशोरीहरुलाई महिनावारी भएको समयमा सेनिटरी प्याड प्रयोग गर्न, प्रयोग भइसकेको प्याडलाई डिस्पोज गर्न र आवश्यक परेको समयमा प्याड लिन सकिने गरीको व्यवस्था सहितको नयाँ प्रविधिको शौचालय निर्माण गरिएको विद्यालयलाई शौचालय हस्तान्तरण समारोहमा रोटरीक्लव अफ बिर्तामोडका डाइरेक्टर सर्भिस प्रोजेक्ट विनोद वस्नेतले बताए ।
कोभिड– १९ को बढ्दो संक्रमणका कारण समयमा शौचालय निर्माण गर्न नसकिएको बताउँदै रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईले ढिला गरी शौचालन तयार गरिएपनि शौचालय आधुनिक र पूर्ण रुपमा अपाङ्ग मैत्री रहेको बताएका छन् ।

शौचालय हस्तान्तरण समारोहमा शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्की, महेन्द्ररत्न विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, नेपाली सेनाको श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंघ थापा, रोट¥याक क्लव अफ बिर्तामोडका निर्वतमान अध्यक्ष राज मुखिया र अध्यक्ष प्रवास थापा मगर रहेका छन् ।
शौचालय हस्तान्तरण समारोहमा उद्योग वाणिज्य संघ बिर्तामोडका नव निर्वाचित अध्यक्ष प्रकाश शविाकोटी, विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, रोटरी क्लव अफ बिर्तामोडकी निवर्तमान अध्यक्ष निकिता गिरी , सञ्जय गिरी, लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट