बैशाख ३०, २०८२ मंगलबार

कुर्सी बोकेर फर्किए माओवादी

विर्तामोड । झापामा एमालेले नेकपाको बोर्ड हटाएर आफ्नै बोर्ड राखेको केहि दिनमै माओवादी केन्द्रले पनि कार्यालय स्थापना गरेको छ । विर्तामोडस्थित गौरीशंकर खड्का स्मृति प्रतिष्ठानमा माओवादी केन्द्रले बोर्ड राखेर जिल्ला कार्यालय स्थापना गरेको हो ।

तत्कालिन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएपछि भाडामा बस्दै आएको माओवादी केन्द्रले आफ्ना सरसामान सहित एमालेको कार्यालय प्रवेश गरेको थियो । सोहि कार्यालयलाई नेकपाको कार्यालय बनाइएको थियो ।

शुक्रवार एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरु बिच सहमति गरेरै आ–आफ्नो सामान छुट्याइएको छ । माओवादी केन्द्रले एकतापछि एमालेकै कार्यालयमा लगेको प्लाष्टिकका कुर्सी सहितका सामान फिर्ता लगेको छ । तीन सय वटा प्लाष्टिकका कुर्सी र केहि थान टिनका दराज लिइ माओवादी केन्द्र आफ्नो बाटो लागेको छ । माओवादी केन्द्रले लगेको कम्प्युटर कार्यालय लगेको भएपनि प्रयोगमा नरहेको बुझिएको छ, एक नेताले भने ।

एमालेका कार्यालय सचिव शिव ढुङ्गेलले दुई पार्टी अलग–अलग रहने भनेपछि सौहार्दपूर्ण वातावरणमा उहाँहरुले आफ्ना मालसामान फिर्ता लैजानु भएको छ । नेताहरु बिच सहमति भएरै सामान फिर्ता पठाइएको हो, उनले भने ।

पार्टी अगल भएपछि सरसामानसँगै आर्थिक कारोवारको पनि हिसाव शुरु भएको छ । नेता ढुङ्गेलले आर्थिक कारोवार गर्न बाहिर चर्चा भए जस्तो समस्या नरहेको बताए । कारोवार भनेको कार्यकर्ताले तिरेको जिल्लाभरको लेवी हो, उनले भने– ‘एमाले र माओवादीका कार्यकर्ताले तिरेको रकम आ–आफ्नो हुन्छ । माओवादी तर्फका तिरेको उहाँले लैजानु हुन्छ, एमाले कार्यकर्ताले तिरेको एमालेले लैजाने हो ।’ हिसाव यसरी नै मिलाउने भन्ने बारे सहमति भइनसकेको उनको भनाई छ । नेतृत्व बिचकै सहमतिमा हरहिसाव हुन्छ, ढुङ्गेलले थपे । जिल्लाभर लेवी उठाउन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]