जेष्ठ ७, २०८१ सोमबार

मिस्टर एन्ड मिस पूर्वको उपाधि मोहन र सुप्रियालाई

बिर्तामोड । अनुसन्धान मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस पूर्व २०१९ को उपाधि इटहरीकी सुप्रिया खनाल र मोरङका मोहन गुरागाईले जितेका छन् ।

शनिबार दमकको कनकाई रिसोर्टमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले अन्य १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा फस्ट रनरअप बिर्तामोडका दिवस विश्वकर्मा बने भने सेकेन्ड रनरअप मोरङकी सरिता खप्तरी भएकी छन् । प्रतियोगितामा सनम खतिवडा, डेबिट आचार्य, दिवस विश्वकर्मा, सुमनिमा कटुवाल, मोहन गुरागाई, सरिता खप्तरी, इशा प्रसाई, सुप्रिया खनाल उत्कृष्ट ८ मा छनोट भएका थिए ।

नेपालको पर्यटनको विकासका लागि के गर्न सकिन्छ भन्ने निर्णायकले गरेको अन्तिम प्रश्नको लिखित उत्तर दिँदै सुप्रिया र मोहनले उपाधि जितेका हुन् । मिस्टर पब्लिक च्वाइस दमकका साहिल लिम्बू र मिस पब्लिक च्वाइसको उपाधि इलामकी दिपा थापाले जितेकी छन् ।

मिस पूर्व र मिस्टर पूर्वले नेसनल लेभलको ब्युटी प्याजेन्ट मोडल हन्ट नेपाल र मिस्टर एन्ड मिस टिन नेपालमा सहभागी हुने अवसर प्राप्त गरेको इभेन्ट मेनेजर अनुस किरातीले बताए । उनीहरुले म्युजिक भिडियो, इन्डिया टुर्स, फ्रि स्कलरसिप, मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेका छन्‌‌ । फस्ट रनरअप र सेकेन्ड रनरअपले म्युजिक भिडियो, इन्डिया टुर्स तथा मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेको उनले बताए ।

इभेन्टको सम्पूर्ण कोरियोग्राफी एलिसा अधिकारीले गरेकी थिइन् भने कार्यक्रममा निर्णायकको भूमिकामा मिस्टर पूर्वाञ्चल २०१० का विजेता जय शर्मा, नायक कविर खड्का, कलाकार लक्षना राई, हरेन्द्र खत्री र रन्जन धमला रहेका थिए ।

कार्यक्रममा टाइटल स्पोन्सर रहेको आउटफिट फेसन बिर्तामोडका सञ्चालकद्वय रमेश परियार र उमेश परियारलाई अर्गनाइजर आशिष काफ्ले, पिन्सा राई, प्रियङका गौतम लगायत आयोजक टिमले सम्मान गरेको थियो ।

प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा लगायत विभिन्न ठाउँबाट १८ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ग्रान्ड फिनालेमा भने प्रतिस्पर्धीमध्ये निरुता कार्की सहभागी हुन नसकेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : असार २२, २०७६ आईतबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]