जेष्ठ २६, २०८२ आईतबार

वन संरक्षणमा वेवास्ता नगरौं

सम्पादकीय

देशभर अहिले वैज्ञानिक वन व्यवस्थापनको मुद्दा उठिरहेको छ । सामुदायिक राष्ट्रिय महासंघको काठमाडौंमा सम्पन्न भेलापछि वन व्यवस्थापनका नाममा वन विनास भइरहेको सर्वत्र चर्चा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वैज्ञानिक वन व्यवस्थापनको मुद्दामा सकारात्मक बन्न सकेनन् । वन व्यवस्थापनका नाममा वन क्षेत्रमा नोक्सान भइरहेको उपभोक्ता अगुवा बताउँदै आएका छन् । वन जोगाउन सबैको साथ सहयोग र भूमिका जरुरी हुन्छ । तर, पछिल्लो समय वनमा संरक्षण भन्दा त्यसबाट लिन सकिने फाइदा मात्र हेरिन थालिएको छ ।

वन क्षेत्रहरु समुदायको संरक्षणमा गइसकेको छ । समुदायबाटै असुरक्षित रहेको वन क्षेत्र अहिले पहिलेभन्दा सुरक्षित छ । किनभने, समुदायलाई नै वन जिम्मा लगाइएको छ । अहिले वन क्षेत्रमा अतिक्रमण बढ्दो छ । अतिक्रमण मात्र होइन, वन व्यवस्थापनका नाममा सामुदायिक वन विनास हुने क्रममा छ । स्थानीय सरकारले वनलाई नै आम्दानीको निशासा बनाएको छ । जसका कारण वन क्षेत्र सुरक्षित छैन । वनलाई काठपात विक्रि गर्ने ठाउँका रुपमा मात्र चिन्नु नै गलत छ । मौकामा काठ बेच्ने ध्यानका कारण वन क्षेत्र संरक्षित छैन ।

बोट विरुवा मानव जीवनका लागि अपरिहार्य छ । मानव स्वास्थ्यमा समेत ठुलो भूमिका भएको बोट विरुवा मासिदै गएको छ । निजी बोट विरुवा मासेर सो क्षेत्रलाई अन्य प्रयोजनका लागि प्रयोग गरिदैंछ । वन मान्छेका लागि मात्र होइन, वन्यजन्तुका लागि पनि आवश्यक छ । वनजंगलमा विनास गर्ने झारको त्यत्तिकै प्रकोप छ । वन बाहिर मान्छे र भित्र वनमारा झारले वन क्षेत्रहरु सुरक्षित छैनन् । यसैले मानव, बन्य जन्तुका लागि वन क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण गर्नैपर्छ । यसका लागि नामका अभियान्ता मात्र होइन, सबै तहको सरकार र आम नागरिक जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]