बैशाख २३, २०८१ आईतबार

तीन वर्षमा कनकाईका २१९ विपन्न परिवारलाई आवास

कनकाई । कनकाई नगरपालिकाले विपन्न नागरिकका लागि निर्माण गरेको १४ वटा घर समुदायलाई हस्तान्तरण गरेको छ । ह्याबिट्याट नेपाल र सहारा नेपालको समेत सहयोगमा निर्माण गरिएको आवास मंगलवार हस्तान्तरण गरिएको नगर प्रमुअ राजेन्द्र पोखरेलले जानकारी दिए ।

कनकाई नगरपालिका ४ मा निर्माण भएको १४ घर ह्यावीट्याटकी नेपाल प्रमुख क्रस्टि स्टिक्नी, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, जिल्ला प्रशासन कार्यालयका प्रमुख श्रवणकुमार तिमिल्सिनाले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै कनकाई नगरपालिका प्रमुख पोखरेलले ३ बर्षभित्र २ सय १९ गरिब विपन्न परिवारलाई घर बनाएर वितरण गरिएको र अर्को आर्थिक बर्षभित्रै कनकाई नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाका रुपमा घोषणा गरिने बताए । उनले यसै आर्थिक बर्षमा समेत अन्य दातृ निकायसँग साझेदारी गर्नका लागि २ करोड रुपैँया बिनियोजन गरिएको जानकारी दिए ।

गरप्रमुख पोखरेलले आफुले अर्को बर्ष अन्य विकासको बजेट कटौटी गरेर भए पनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवास मुक्त नगर घोषणा गर्ने दावी गरे । यसअघि कनकाई नगरपालिका देशकै पहिलो बिद्युत चुहावट मुक्त नगर समेत घोषणा भएको थियो भने अब केहि महिनामै देशकै पहिलो सुकुम्बासी तथा अव्यवस्थित बसोबास नभएको नगर समेत घोषणाको तयारीमा पुगेको छ । झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले सरकारले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको संविधानको मौलिक हकका रुपमा समेत प्रत्येक नेपालीलाई आवासको हक हुने उल्लेख भएको बताए ।

कार्यक्रममा साझेदारी संस्थाका रुपमा रहेको सहारा नेपालका कार्याकारी निर्देशक महेन्द्रकुमार गिरीले झापामा कनकाई, बाह्रदशी, झापा गाउँपालिका, बिर्तामोड, गौरीगंञ्ज सहित प्रदेश एकमा हालसम्म १८ सय वढी विपन्नलाई स्थानीय सरकारसँगको साझेदारीमा घर निर्माण गरि बितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा कनकाई – ४ का वडाअध्यक्ष तथा नगर प्रवक्ता गोबिन्द प्रसाद पौड्यालले निर्वाचनका बेला जनप्रतिनिधिले बोलेका कुराहरु धेरै पुरा गरेको भन्दै २१९ घर निर्माण हुनु निक्कै राम्रो प्रगति भएको र बाँकी घरहरु समेत निर्माण गर्दै लैजाने बताए । घर निर्माणका साझेदारी संस्था ह्यावीटयाट नेपालका कार्यक्रम निर्देशक युवम मल्लले घर निर्माणपछि आवश्यक मर्मत संम्भारका लागि घरमुलीलाई अनुरोध गरेका छन् । मल्लले अन्य पालिका भन्दा गरिब परिवारको घर निर्माणका लागि कनकाई नगरपालिका थप संवेदनशील भएर लागेको बताए । उनले कनकाईका अन्य गरिव परिवारको घर निर्माणका लागि समेत हातेमालो गर्न तयार भएको बताएका छन् ।

३ बर्षपहिले झापामा बाढीले वितण्डा मच्चाएको बर्षदेखि यस प्रकारकार घरहरु निर्माण हुदै आएको छ भने कनकाई नगरपालिकामा समेत स्थानीय सरकार गठन पछि मेयर आवास कार्यक्रम अन्र्तगत घरहरु निर्माण गरिदै आएको छ ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]