चैत्र २९, २०७७ आईतबार

सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको चेतावानी

झापा । सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।
उनका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेका हुन् ।

गाडीको पाटपूर्जा ६५ प्रतिशत र पेट्रोलियम पदार्थको ३५ प्रतिशत मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने यथास्थिति हुनु वैज्ञानिक नभएको सिटौला बताउँछन् ।
यदि सरकारले भाडा नबढाए आफूहरुले सार्वजानिक यातायात ठप्प पार्ने उनले चेतावानी समेत दिएका छन् ।

पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुनेभन्दै पत्र बुझाएका छन् । मन्त्रीसँगको भेटमा यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट