चैत्र १६, २०८० शुक्रबार

दुर्गाको सम्पूर्ण उपचार प्रदेश १ सरकारले गर्ने

विर्तामोड । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलाम माइ नगरपालिका –१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले मिलाउने जानकारी दिए ।

चार दशक भारतका विभिन्न जेलमा बसेका तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक भएको छ । उनको आवश्यक उपचारका लागि प्रदेश सरकारले तयारी थालेको मन्त्री कार्कीले इजलाससित बताए । उनले इलामका प्रमुख जिल्ला अधिकारी धु्रव खड्कालाई परिवारसँग समन्वय गरेर प्रारम्भिक उपचार थाल्न निर्देशन समेत दिएका छन् । मन्त्री कार्कीले भने, प्रारम्भिक उपचार, इलाम वा विर्तामोड गरेर समस्या पहिचान गरिनेछ । त्यसपछिको उपचार समस्या अनुसार अघि बढाउँछौं ।

मन्त्री कार्कीले तिम्सिनाको उपचारसँगै भारत सरकारसँगको क्षतिपूर्ति माग गर्ने सवालमा आवश्यक पहल गरिने बताए । म आफै यो काममा लाग्ने छु, मन्त्री कार्की भन्छन् – उहाँको सम्पूर्ण उपचार प्रदेशले गर्छ, क्षतिपूर्तिका लागि भारत सरकारसँग पहल गरिने छ ।
इलामका प्रमुख जिल्ला अधिकारी खड्काले मन्त्री कार्कीबाट आएको निर्देशन बमोजिम काम शुरु भएको जानकारी दिए । आज विहान मात्रै मन्त्री ज्यूसँग कुरा भएको थियो, प्रजिअ खड्काले भने – सोही बमोजिम तिम्सिनाको परिवारको घरमा खवर पठाइएको छ । उहाँहरुले चाहेको अस्पतालमा उपचारका लागि लैजाने उनको भनाई छ ।

प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]