बैशाख १३, २०८१ बिहीबार

दुर्गाप्रसादलाई सहयोगको खाँचो

सम्पादकीय

भारतीय कारागारमा आधा जिन्दगी विताएर इलाम माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिना घर फर्किएका छन् । विना सुनुवाई ४० वर्ष जेल बसेका तिम्सिनामाथि भारतको न्यायालयले अपराध गरेको छ । उनलाई ४० वर्ष थुनामा राखेर मुक्त गरे पनि उनीमाथि न्याय भएको छैन । उनको सिंगो जीवनमाथि भारतीय अदालतले खेडवाड गरेको छ । एउटा असल मित्र राष्ट्रको नागरिककलाई विना सुनुवाई थुनामा राख्नु अर्को अपराध हो । अन्तत : दुर्गाप्रसाद घर फर्किएका छन् । तर, उनीमाथिको अन्याय कुनै हालतमा क्षम्य छैन ।

दुर्गाप्रसाद हत्या आरोपमा जेल बस्नु परेको थियो । समयमै उनको मुद्धा सुनुवाई भएको थियो भने ४० वर्ष जेल बस्नुपर्ने थिएन । यस मामिलामा कुनै क्षेत्रबाट पहल हुन नसक्नु सरोकारवालाको गम्भीर कमजोरी हो । अब, यसबारे आत्म समीक्षा हुँदै गर्ला , अहिलेको आवश्यकता भनेको दुर्गाको औषधि उपचार हो । पहिलो प्राथमिकतामा उनको उपचार हुनुपर्छ । युवा उमेरमा रोजगारीका लागि भारत पुगेका उनी आधा जीवन आकाश नदेखि विताए । त्यसपछि उनीमाथि भएको अन्याय विरुद्ध न्यायका लागि पहल हुनुपर्छ ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उपचारका लागि प्रदेश सरकारले सबै खर्च व्यहोर्ने घोषणा गरेका छन् । उनले उपचारसँगै भारत सरकारसँग क्षतिपूर्तिका लागि आवश्यक पहल गर्ने सार्वजनिक गरिसके । यसैले दुर्गाको उपचारका लागि प्रदेश सरकार र केन्द्र सरकारले विशेष भूमिका निभाउनुपर्छ । यस्तै, उनको परिवारमा प्राय ःसबै विरामी रहेका छन् । कमजोर आर्थिक अवस्था रहेको उनको परिवारलाई समेत सहयोगको खाँचो छ । तिम्सिनाको परिवारमा अहिले खुशीसँगै संकटहरु छन् । यसको व्यवस्थापनका सबै क्षेत्रको सहयोगको जरुरी छ ।

प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]