बैशाख २३, २०८१ आईतबार

कनकाईमा एक कोरोना संक्रमित महिलाको मृत्यु

कन्काई । झापामा कोराना संक्रमित एक महिलाको मृत्यु भएको छ । झापा जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति जीवन चौलागाईका अनुसार कन्काई नगरपालिका-२ की ३९ वर्षीया महिलाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

कोभिड-१९ पुष्टि भएपछि ती महिला चार दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनी केही दिनअघि भारतबाट फर्किएकी थिइन् ।

प्रदेश १ मा कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो केस हो । तीन महिलासहित आज चार नयाँ संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरू विराटनगर महानगरपालिका दुई, धरान उपमहानगरपालिका एक र अर्का एकजना प्रदेशबाहिरका छन् ।

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]