चैत्र १६, २०८० शुक्रबार

स्थानीय तहले उत्पादन र रोजगारीमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

झापा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्थानीय तहले अब उत्पादन र रोजगारी प्रदान गर्ने काममा योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको ४० औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले स्रोतै स्रोतको सम्भावना भएको मुलुक भएकाले अब स्थानीय सरकारले रोजगारी सिर्जनाका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “रोजगारी सिर्जना नगर्ने हो भने देशको जनशक्ति खेर जाने भएका कारण समृद्ध मुलुकको सपना पूरा गर्नका लागि पनि अब आउने दिनमा नगरका जनतालाई रोजगारी सिर्जना गर्न र उत्पादनमा जोड दिन कसरी, के के कुरा गर्न सकिन्छ, त्यसतर्फ केन्द्रित भएर योजना बनाउन सक्नुपर्दछ ।” 

उपप्रधानमन्त्री पोखरेलले रोजगारी सिर्जना गर्न सकेमा नगरपालिका आत्मनिर्भरतातर्फ अगाडि बढ्न सकिने र यसले ‘समृद्ध नेपाल र सुखि नेपाली’ बनाउने वातावरणसमेत सिर्जना हुने बताए । उनले बनेपा शहरलाई व्यवस्थित गर्नका लागि स्थानीय सरकारले गर्न नसकेका ठूला आयोजनाका लागि छिट्टै योजना बनाएर सङ्घीय सरकारसमक्ष पेश गर्न नगरपालिकालाई आग्रह गरे ।

“नगरपालिकाको विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकारले गरेका विकास आयोजनाको कामबाहेक अरु योजनाको प्रस्ताव सङ्घीय सरकारसमक्ष पेश गर्नुस्, त्यसलाई पूरा गर्ने जिम्मा म लिन्छु”,  उनले भने, “दुखेसो पोख्ने मात्रै काम भए त्यो सम्भव हुँदैन, तर सङ्घीय सरकारसमक्ष व्यवस्थित ढङ्गले आएका योजनालाई यस पटकको नीति, कार्यक्रम तथा बजेटमा पार्ने जिम्मा मेरो हो । त्यसको लागि बनेपा, धुलिखेल र पनौतीले एकीकृत ढङ्गले व्यवस्थित योजना बनाउन आवश्यक छ ।”

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक अस्थिरताले विकास र समृद्धिको मुद्दा ओझलमा पर्न सक्ने भएकाले मुलुकलाई राजनीतिक स्थायित्व दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरकार पाँच वर्षसम्म चल्ने र त्यो अवधिमा राम्रो काम ग¥यो कि गरेन भनेर जनताले छिनोफानोसमेत गर्ने बताए । उनले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र स्वतन्त्रतामाथि आँच पु¥याउने कुरा आपूmलाई मान्य नहुने प्रस्ट पारे ।

प्रकाशित मिति : चैत्र १५, २०७७ आईतबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]