बैशाख १४, २०८१ शुक्रबार

हामी केपी ओलीविरुद्ध जाँदैनौं – महन्थ ठाकुर

काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओली हाम्रा माग पूरा गर्न सकारात्मक हुनुहुन्छ, त्यसैले हामी उहाँविरुद्ध जाँदैनौं’– यो भनाइ जसपा अध्यक्ष महन्थ ठाकुरको हाे ।

रिर्पोटस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै महन्थले सो कुरा बताउनु भएको छ । उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले हाम्रा समस्यामा ध्यान दिनुपर्छ, गर्छु पनि भन्नुभएको छ, आज मात्रै मैले प्रधानमन्त्रीका प्रतिनिधिसँग भेटेको थिएँ, हाम्रा मागका सम्बन्धमा सकारात्मक रुपमा कुराहरु अगाडि बढेको थाहा पाएँ, प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु ।’

आफूहरुले प्रधानमन्त्री पद नमागेको बताउँदै उहाँले भन्नुभयो – ‘हाम्रा माग सम्बोधन हुनुपर्ने कुराहरु मात्र हामीले गरिरहेका छौं, सरकारको नेतृत्व गछौं भनेका छैनौं ।’ प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दा दुष्प्रचार गरिएको बताउँदै महन्थले प्रश्न गर्नुभयो – ‘प्रधानमन्त्री ओली जी नै हुनुहुन्छ, हाम्रो समस्या उहाँलाई नसुुनाएर कसलाई सुनाउने ?’

विगतका नजिर हेरेर पनि आफूहरुका माग कांग्रेस र माओवादी केन्द्रले सम्बोधन गर्न नसक्ने समेत ठाकुरले बताउनुभयो । अहिले तपाईंहरुका माग पूरा गर्छौं भनेर आस देखाएपनि कांग्रेस र माओवादी केन्द्रको बाटो स्पष्ट नभएको उहाँले बताउनुभयो । ‘कांग्रेसले पनि सरकार बनाउँछौं सहयोग गर्नुस् भन्यो, तर कसरी सरकार निर्माण गर्ने छलफलै भएन’– महन्थको भनाइ छ ।

आफूहरुको झगडा कसैसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । बरु एमाले, माओवादी केन्द्र र कांग्रेस आपसमै नमिलेजस्तो देखिएको महन्थको भनाइ छ । सबै मिले देशमा राजनीतिक सि्थरता कायम गर्नुपर्ने सुझाव पनि महन्थले दिनजुभयो ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]