जेष्ठ ५, २०८१ शनिबार

छवि र शिल्पाबीच सहमति

काठमाडौं । नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।


काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।


परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।
‘उहाँहरुले सहमति गर्नु भयो’, बोगटीले अनलाइनखबरसँग भने, ‘योसँगै प्रहरीमा परेको उजुरी टुंगिएको छ ।’ पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ ।


दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्रबस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन । नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।


लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।

प्रकाशित मिति : असार २६, २०७६ बिहीबार  ३ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]