जेष्ठ ५, २०८१ शनिबार

औषधि खान आनकानी नगरौं

सम्पादकीय

प्रदेश १ का १२ जिल्लामा शुक्रवारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन थालिएको छ । यो अभियान थालनी भएपछि यसलाई सफल बनाउने दायित्व आम नागरिकका सामु छ । औषधि भन्नासाथ नकारात्मक भ्रम पनि सुन्न पाइन्छ । कुनै पनि भ्रममा नपरी यो औषधि खान र खानका लागि प्रोत्हासन गर्न जरुरी छ । झापामा एक कार्यक्रमका बिच शुक्रवारबाट अभियानको शुभारम्भ गरिएको छ । जिल्लाका जनप्रतिनिधिहरुले पहिलो पटक औषधि खाएर अभियान थाले ।

हात्ती पाइलेको औषधि खाए पछि विभिन्न समस्या आइपर्ने भ्रम छरिहएको छ । स्वास्थ्यकर्मीले यस प्रकारका कुनै पनि भ्रममा नपर्न आग्रह गरिसकेका छन् । त्यसैका लागि पनि जिल्लाका विशिष्ट व्यक्तिले औषधि खाएर कुनै समस्या नहुने सन्देश दिएका छन् । झापामा हात्तीपाइलेका ५ सय भन्दा बढि रोगी छन् । जिल्लालाई हात्तीपाइले रोग मुक्त बनाउने गरिएको अभियानमा सबैले सेवन गर्न अपरिहार्य छ । हात्ती पाइने नहुञ्जेल मात्र यसको समस्याबारे जानकारी हुदैन । जब, समस्या आइपर्छ त्यो बेला मात्र पश्चाताप हुन्छ ।

हात्तीपाइले विरुद्धको औषधि खाँदा सामान्य समस्याहरु आउन सक्नेछन् । औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुको हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्छ । ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ । केही गरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ । त्यसैले भ्रमको पछि नलागौं, औषधि खान जाऔं ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]