बैशाख १४, २०८१ शुक्रबार

खनाल–नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेपाल समूहले २०७५ जेठ २ लाई आधार मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई कारबाही गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो ।

हिजो र आज बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकता अभियान घोषणा गरेको हो । अभियानका क्रममा अधिवेशन/महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन गर्ने निर्णय यो पक्षले गरेको छ ।

यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइने नेताहरुले बताएका छन् । बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

बैठकले केहीदिनअघि राष्ट्रिय कार्यक्रता भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढिने निर्ण भएको नेताहरुले बताइएका छन् । यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय गरेको नेपाल पक्षीय नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]