जेष्ठ ५, २०८१ शनिबार

आशा जगाएका विधालय

सम्पादकीय

सरकारी विधालयमा गरिव विपन्नको सन्तान मात्रै अध्ययन गर्ने भन्ने बुझाई छ । सरल रुपमा भन्दा सम्पन्नका छोराछोरी बोर्डिङ तिर जान्छन् भने गरिव विपन्नका छोराछोरी सरकारी विधालयमा जाने गर्छन् । शिक्षकको कमजोर सिकाई र गैरजिम्मेवार भएका कारण आफ्ना सन्तानलाई अभिभावकले राम्रै विधलायमा पठाउने प्रयत्न गरिरहेका हुन्छन् । जो कोहिले आफ्ना बच्चाको भविष्यप्रति गम्भीर भएकाले नै विधालयको छनोट गर्ने हो ।

शिक्षा क्षेत्रमा विस्तारै परिवर्तन आउँदैछ । त्यसमा पनि सरकारी विधालयले पठन संस्कृतिलाई बदल्दै समुदायको विश्वास जित्नै प्रयास गरिरहेका छन् । निजी विधालयका शिक्षकले साँझसम्म बसेर विधार्थीलाई सिकाउछन् । आफ्नो निगरानीमा राखिरहेका हुन्छन् । तर, सरकारी विधालयका शिक्षक , कर्मचारी घडी हेरेर बसिरहेका हुन्छन् । सबै ठाउँ उस्तै हुदैन । त्यसको उदाहरण हुन्, विर्तामोडका दुई विधालय । विर्तामोडको देवी मावि र मोहनमाया मावि ।

अनुशासन र शिक्षामा दुवै विधालयले अब्बल सावित गरिहरेका छन् । देवीमा महिला प्रधानाध्यापकले नेतृत्व गरिरहेकी छन् भने मोहनमायामा पनि पूर्व नै प्रधानाध्यापकका रुपमा कार्यरत छन् । सरकारी विधलाय भएर पनि शिक्षक कर्मचारीले गरिरहेको योगदान वास्तवमै चर्चायोग्य छ । उनीहरु पहिलो प्राथमिकतामा विधालयलाई रोखका छन् । जसका कारण विधालयमा विधार्थीको भर्ना दर असाध्यै उच्च छ । यि विधालयलाई विधार्थीको भन्दा भवनको चिन्ता छ । कोरोना महामारीका बिचमा पनि मोहनमाया ४ सय भन्दा धेरै विधार्थी भर्ना भए । आउँदो वर्ष ५ सय विधार्थी भर्ना हुने अनुमान छ । तर, पर्याप्त भवनको अभाव छ । आशा जगाएका विधालयमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गरौं ।

प्रकाशित मिति : चैत्र २९, २०७७ आईतबार  ७ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]