बैशाख ८, २०८१ शनिबार

नौमति संरक्षणमा महिला

सम्पादकीय

दलित समुदायमा पनि दर्जीहरुले बजाउने राष्ट्रिय बाजा नौमति लोप हुने अवस्थामा पुगेको छ । उचित संरक्षण नहुनु र नयाँ पुस्ताले बाजा प्रति चासो नदिनुले बाजा लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण गर्न राष्ट्रकै दायित्व जरुरी परिरहेको बेला झापा चारपानेका महिलाले देखाएको कुशलताले नयाँ आशा पलाएको छ । नौमति दर्जीहरुले मात्र नभई सबै जातजातिले बचाउनु पर्ने उनीहरुको साझा धारणा लोभलाग्दो छ ।

कलाको माध्यमबाट समाज रुपान्तरणमा योगदान गरिरहेका महिलाहरुले अब नौमति बाजा समेत संरक्षणमा भूमिका निर्वाह गर्ने भएका छन् । उनीहरुलाई पारिवारिक रुपमा सहयोग प्राप्त भएकै कारण बाजा बजाउन निर्वाध बाहिर आएका छन् । स्थानीय तहको सहयोगमा बाजा खरिद गरेका महिलाले नौमति राष्ट्रकै साझा बाजा भएकाले संरक्षण गर्नु सबैको दायित्व रहेको बुझाई छ । नौमतिको उचित संरक्षणमा महिलाहरुले देखाएको तदारुकता सम्मान लायक छ ।

दर्जी समुदायका नयाँ पुस्ताले बाजाको नाम पनि विर्सिसके । शहरतिर बाजाको चहलपहल पनि खासै छैन । गाउँतिर बुढापाकाले जसोतसो बाजा धानिरहेका छन् । बाजा बजाएर जीवन धान्न कठिन हुने देखेपछि आफ्ना नयाँ पुस्तालाई सिकाउन मेहनत नगरेको देखिन्छ । अब, नौमति बाजालाई संरक्षण गर्न साझा संकल्प गरौं । सबै समुदायले नौमतिको संरक्षण नगर्ने हो भने यो लोप हुने अवस्थामा पुग्न सक्छ । यसैले महिलाहरुले सुरु गरेको अभियानमा साथ सहयोग गरेर संरक्षणमा जिम्मेवार बनौं ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]