जेष्ठ ४, २०८१ शुक्रबार

विएण्डसीले १ सय गरिव परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

विर्तामोड । विएण्डसी अस्पतालले गरिव तथा विपन्न १ सय परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् ।

सरकारले स्वास्थ्य बीमा मार्फत १ लाखसम्मको निशुल्क उपचारको व्यवस्था मिलाएको छ । सोहि कार्यक्रम अन्तरर्गत प्रसाईले बीमा गर्न नसक्ने परिवारको स्वास्थ्य उपचारमा सहजै पहुँच होस् भन्ने उदेश्यले बीमा गर्ने घोषणा हुन् । पत्रकार सम्मेलनमा उनले झापाका कुनै पनि ठाउँमा गरिव, विपन्नलाई बीमा गरिदिने बताए ।

अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरर्गत बीमा गरिदिने बताइएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रसाईले विर्तामोड –२ को मोहनमाया माविमा अडाई करोडको लागतमा तीन तले भवन निर्माण गरिरहेका छन् । तत्कालै खुदुनुवारी र लक्ष्मी माविमा समेत भवन बनाइदिने तयारी गरेको प्रसाईको भनाई छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  २ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]