बैशाख १३, २०८१ बिहीबार

सकारात्मक अभियान थालौं

सम्पादकीय

आजबाट नयाँ वर्ष २०७८ शुरु भएको छ । यो पावन अवसरमा सबै नेपाली नागरिकको जीवनमा सुख, शान्ति र दिर्घायुको लागि कामना गरौं । ०७७ साल कठिन परिस्थितिको बाबजुत स्वागत गरिएको थियो । कोरोना महामारीको उच्च संक्रमण र त्रासपूर्ण वातावरणमा दिनहरु वितेका थिए । यो वर्षको नयाँ वर्ष पनि उत्सव मनाउने गरिको छैन । कोरोनाको दोस्रो लहरले फेरि नागरिकको जीवनमा समस्या शुरु भइसकेको छ । त्यै पनि गत वर्ष जस्तो लकडाउनले घरमा थनिनु परेको छैन ।

वितेको वर्ष अत्यन्तै कठिन परिस्थितिका बिच गुज्रियो । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा नराम्रो गरि प्रभाव परेको छ । वास्तवमा एक वर्ष विना उपलब्धी वितेको छ भन्ने हाम्रो ठम्याई हो । अब, नयाँ वर्षबाटै नयाँ संकल्प गरेर आगामी दिनहरुलाई प्रभावकारी र उपलब्धी मुलक बनाउनुको विकल्प छैन । त्यसमा पनि कोरोना महामारीलाई विशेष ख्याल गरि स्वास्थ्य मापदण्ड अपनाएर जो कोहिले संक्रमणलाई फैलिन दिन हुदैन । वर्ष भरी कोरोनाका कुरा गरेरै वितेको छ । अब, यो वर्ष जीवनमा समृद्धि ल्याउनुपर्छ ।

नयाँ वर्षलाई नयाँ उमंगका साथ स्वागत गरौं । आआफ्नो क्षेत्रबाट समाज रुपान्तरणमा महत्पूर्ण भूमिका निर्वाह गरौं । अझै पनि समाजमा विकृति विसंगति जस्ता अनेकौ समस्या उस्तै छन् । जातीय, लैंगिक विभेद् र वर्गीय विभेद्का समस्याले समाजमा परिवर्तनको अनुभूति हुन सकिरहेको छैन । त्यस प्रकारका समस्याको समाधानका लागि खवरदारी अभियानको जरुरी छ । यो वर्षलाई अत्यन्तै सभ्य र भव्य बनाऔं । आफ्ना कमि कमजोरीहरुलाई सुधार गरौं । सकारात्मक अभियानहरुको थालनी गरौं ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]